महोत्तरी : आत्महत्या गरेकी एक महिलामा कोरोना संक्रमण पुष्टि


टुडेखोज/ जनकपुरधाम : महोत्तरीमा आत्महत्या गरेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दिबास नगरपालिका ३ गौरीडाँडामा बुधबार आत्महत्या गरेकी ८७ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीका अनुसार भदौ १५ गते उनको कोरोना परीक्षण गरिएको थियो । मृत्युपश्चात् आएको रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको छ । भदौ ११ गते मृतक महिलाकै घरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : २०७७ भाद्र १८, बिहीबार १५:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ