विश्वभर भाइरल भइन् नेपाली बालिका समायरा (भिडियोसहित)


नेपालकी एक बालिकाको यतिबेला जताततै चर्चा भइरहेको छ । उनी हुन्– समायरा थापा । टिकटक बनाएकै कारण उनी विश्वभर भाइरल भएकी छन् ।

टिकटकमा भाइरल भएपश्चात अहिले उनका भिडियोहरु फेसबुक, युट्युबसहित अन्य सामाजिक संजालमा पनि हेर्न सकिन्छ । उनको विषयमा अन्तराष्ट्रिय संचार माध्यमहरुले पनि समाचार छापेको छ । समायरालाई लिएर भारतबाट प्रकाशित हुने ‘द इण्डियन एक्सप्रेस’ले एक रिपोर्ट प्रकाशित गरेको छ ।

समायराको अभिनय र हाउभाउले सबैलाई कायल बनाएको भनेर समाचारमा उल्लेख गरेको छ । उनको अभिनयको चर्चा गर्दै उसले इन्टरनेट सामाजिक प्रयोगकर्ताहरु समायरालाई धेरै रुचाइरहेको दावी गरेको छ।

समायरा थापाका कैयौं छोटा भिडियोहरु अहिले निकै भाइरल भइरहेका छन् । उनलाई लाखौं मानिसले सामाजिक सञ्जालमा फ्लो गरिरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित : २०७७ भाद्र १८, बिहीबार २०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ