जग्गाको समस्या सामाजिक रुपमा समाधान गर्नुपर्छ : मन्त्री यादब


टुडेखोज/ जनकपुरधाम : जनकपुरधाम उपमहानगर ८ स्थित विवादित जग्गामा प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादब र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले आज विहान निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री यादबले जग्गाको समस्या सामाजिक रुपमा समाधान गर्नुपर्ने बताएका छन् । उनले भने, ‘मन्दिर र बृजकुमार यादबबीच जग्गाको विषय जुन समस्या छ, त्यो बसेर सामाजिक रुपमा समाधान गर्नुपर्छ ।’ उनले स्थानीय भएका कारण समस्या समाधान गर्न आफुबाट हुने पहल गर्ने पनि बताए ।

उनले यहाँका जग्गाका लागि भएको विवाद सामाजिक र जातीय झगडा छैन भन्ने कुरा सबैले बुझ्नुपर्ने बताए । उनले जातीय सहिष्णुता कायम गर्न दुबै पक्षसँग अनुरोध समेत गर्दै प्रदेश सरकार न्यायको पक्षमा रहेको स्पष्ट पारे ।

केहिदिन अगाडी पत्रकार बृजकुमार यादबले जानकी हेल्थकेयरको पछाडी रहेका १ कट्ठा जग्गा खरिद गरी घर बनाउन सुरु गरे । तर जग्गा घट्यो । उनको जग्गामा तेली समाजले पर्खाल लगाएर कब्जा गरेको थियो । उक्त पर्खाल तोडेर आफ्नो जग्गाको संरक्षण गर्दा पत्रकार यादबमाथि तेली समाज खनिएका छन् ।

केहिदिन अगाडी तेलि समाजका व्यक्तिहरु पत्रकार यादबको घरमा ढुङ्गामुढा समेत गरेका थिए । प्रहरीले ढुङ्गामुढा गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको थियो । स्रोतका अनुसार पछि जग्गाको नापी हुँदा तेली समाजले पत्रकार यादबको करिब आठ धुर जग्गा अतिक्रमण गरेको पाइएको थियो ।

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार १०:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ