शहिदनगर : जनप्रतिनिधिले वास्ता नगर्दा आफ्नै लगानीमा हिलो पुर्दै भरखेर


टुडेखोज/ जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका ९ स्थित उसमान मिञाको घरदेखि दुर्गा मन्दिरसम्मको सडक हिलाम्मे भएर अवरुद्ध नै भएको थियो । स्थानीयले जनप्रतिनिधिलाई गुहारे । तर जनप्रतिनिधले वास्ता नगरेपछि काँग्रेस नेता देबेन्द्र भरखेर आफ्नै लगानीमा हिलो पुर्न थालेका छन् ।

करिब १ सय मिटरको हिलाम्मे बनेको उक्त सडकमा माटो पुरेपछि आवतजावत गर्न सहज हुनेभएको छ । हिलोमा ट्याक्टर लिएर माटो खसाएका छन् । स्थानीय युवाहरुले मजदुरको रुपमा खटेर सडकमा माटो सम्याए । अहिले आवतजावत गर्न सहज भएको स्थानीय बताउँछन् ।

स्थानीय राहुल मरिक भन्छन्, ‘यहाँ एम्बुलेन्स जानसक्ने अवस्था पनि थिएन । हिलोमा माटो पुर्न कैयौं पटक जनप्रतिनिधिहरुलाई भने तर कसैले सुनेन । अनी बाध्य भएर नेता भरखेरलाई भनेपछि उहाँले आफ्नै लगानीमा माटो हाल्नुभयो ।’

नेता भरखेर मेयरका प्रत्यासी उम्मेदवार पनि हुन् । उनले यसअघि पनि कैयौं ठाउँको विकासमा आफैले लगानी गरेका छन् । केहिदिन अगाडी उनले क्योटानी टोलमा भएको हिलो समेत माटोले पुरेका थिए ।

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार १०:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ