नेपालमै यस्तो ! झोलामा मान्छेको टाउको बोकेर प्रहरी कार्यालय पुगेपछि….


काठमाडौं : शुक्रबार बिहानको करिब सवा १ बजे जिल्ला प्रहरी कार्यालय धादिङमा एकजना युवक झोला बोकेर आए । ३५ वर्षीय ती युवक धादिङ नीलकण्ठ नगरपालिका १३ का राजु परियार थिए ।

गेटमै प्रहरीसँग उनले भने ‘मान्छे मारेर आएको छु ।’ एकछिन अक्मक्काएका ‘सेन्ट्री’ प्रहरीले ‘माथि’ खबर गरे । उनलाई भित्र पस्न दिइयो । आफूले बोकेको झोला देखाउँदै उनले भने ‘यी मान्छे मारेर आएको छु ।’

उनको त्यो झोलाभित्र मान्छेको टाउको थियो । सोधपुछ गर्दै जाँदा उनले आफ्नै छिमेकी ६५ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेका रहेछन् । गुरुङको टोउकोसँगै उनले खुर्पा पनि लगेका थिए । त्यो पनि प्रहरीलाई बुझाए ।

हत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीका अनुसार उनीहरुको घर पनि नजिकै छ । लामो समयदेखि उनीहरुबीच आपसी झगडा भइरहेको थियो ।

‘तर, हामीले अनुसन्धान गरिरहेका छौँ । झगडाका कारण अनि मान्छे मारिनैपर्ने कारणबारे बुझिरहेका छौँ,’ उनले भने ‘अभियुक्त आफै झोलामा टाउको लिएर प्रहरी कार्यालय आत्मसमर्पण गरेको हो ।’ उनका अनुसार हत्या गरिएका गुरुङको पोष्टमार्टमको तयारी भइरहेको छ ।

– आयोमेलबाट

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार १५:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ