प्रदेश २ मा शुक्रवार ३७ महिला र १३२ पुरुषमा कोरोना पुष्टि (हेर्नुस् पुरा डिटेल)


टुडेखोज/ जनकपुरधाम : प्रदेश २ मा शुक्रवार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १० हजार ९७७ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका बरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादबका अनुसार पछिल्लो २४ घण्टामा ३७ महिला र १३२ पुरुषमा कोरोना पुष्टि भएको छ । आज सबभन्दा बढी महोत्तरीमा ४३ जना संक्रमित थपिएका छन् ।

यस्तै धनुषामा ३४ जना, सिरहामा १० जना, बारामा १९ जना,पर्सामा २६ जना, सर्लाहीमा १ जना, रौतहटमा १ जना र सप्तरीमा ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

सिरहाको चोहर्वास्थित श्री गण सेना ब्यारेकका ७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै जिल्ला प्रहरी कर्यालय सप्तरीका २ जना र कारागार सप्तरीका ६ जनामा पनि कोरोना संक्रमित पाइएका छन् ।

शुक्रवार १०५ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । जसमध्ये २१ जना महिला समेत रहेको मन्त्रालयले जनाएको छ ।

हुर्नुस् पुरा डिटेल :

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार १७:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ