ब्रेकिङ : अर्थमन्त्री खतिवडाले दिए राजीनामा, भने- म जग बसालेर बिदा भएँ


काठमाडौं : अर्थमन्त्री भएको साढे दुई वर्षपछि डा. युवराज खतिवडाले आज पदबाट राजिनामा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले राजिनामा बुझाएका हुन् ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया उनले दिएका छन् । वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले बढी नै चुनौती रहेको उनको भनाई थियो ।

उनले आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको दावी गरेका छन् । खासगरी भ्याट फिर्ता खारेजीको निर्णयलाई उनले सफल निर्णय मानेका छन् । खर्च प्रणाली र लेखा प्रणालीमा समेत उल्लेख्य सुधार भएको उनको दावी छ ।

राजीनामा बुझाउनु अगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । बिदाइको क्षणमा समेत अर्थमन्त्रीमा पद गुमेको भाव भने नझल्किएको अर्थमन्त्रालयका एक सहसचिवले बताए ।

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार १८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ