धनुषाका मृगौली रोगीलाई मधेसी समाज दक्षिण कोरियाले गरे आर्थिक सहयोग


सुरेन्द्र सिंह/ जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका–५ पर्वताका ३० वर्षीय मृगौला रोग पीडित शिवनाथ महतो उपचार गर्न आर्थिक सहयोग जुटेको छ ।

मधेशी समाज दक्षिण कोरिया संस्थाले पठाएको ५१ हजार रुपैयाँ शिवनाथ महतोको बुवा सोगारथ महतोलाई मधेशी समाज दक्षिण कोरिया संस्थाका पुर्व अध्यक्षले विक्रम साहले स्थनीयको उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।

दुबै मृगौला फेल भएपछि राष्ट्रिय मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरमा उपचार गराइरहेका शिवनाथ महतोको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको छ । अवस्था निकै दयनीय रहदाँ पनि कहिकतैबाट सहयोग नभएको समाचार पत्र–पत्रिकामा आएपछि दक्षिण कोरियामा रहेका मधेशी समाज दक्षिण कोरिया संस्थाले आर्थिक सहयोग गरेका छन् ।

शिवनाथको उपचार र परिवारको संचालनमा समस्या देखेपछि चन्दा समेत सङ्कलन गर्नु परेको सस्थानीय समाजसेवी युवा सन्तोष महतोले बताए । उनका अनुसार महतो विगतको ३ वर्षदेखि राष्ट्रिय मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरमा उपचार गराइराखेका छन् ।

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार २०:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ