अवैध पोलिक्लिकको लापरबाहीले सुत्केरी महिलाको ज्यान गयो


टुडेखोज/ सर्लाही : सर्लाहीको मलंगवा नगरपालिका ९ स्थित अमात्य पोलिक्लिनिकमा एक सुत्केरी महिलाको ज्यान गएको छ ।

सुत्केरी गराउने क्रममा शल्यक्रिया गरेको चारदिनपछि मलंगवा नगरपालिका १० की अन्दाजी २४ वर्षीया सविता कुमारीको ज्यान गएको हो । उनी भदौं १२ गते पोलिक्लिनिकमा भर्ना भएकी थिइन् । भदौ १६ गते मंगलबार बिहान उनको मृत्यू भयो ।

पोलिक्लिनिकमै मृत्यू भएपनि उनलाई थप उपचारका लागि जनकपुर लग्न हतार गर्यो । मंगलबार बिहान ३ बजे एम्बुलेन्समा राखेर जबर्जस्ती जनकपुर पठाउन लगाएको मृतककी आफ्न्तले गुनासो गरे । मृतक महिलाका श्रीमान प्रमोद साहकी दिदी दुलारी देवीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ठाडो उजुरी दिएकी छिन् ।

घटनाको छानविन गरी दोषीलाई कारबाही र उचित क्षतिपूर्ति दिलाइदिन भन्दै उजुरीमा दुलारीले माग गरेकी छन् । उनले पोलिक्लिनक अवैध रुपमा संचालन रहेको खुलेको पनि दावी गरेकी हुन् । उनले पोलिक्लिनिकलाई कडा कारबाही हुनुपर्ने जिकिर गरेकी छन् ।

पोलिक्लिनिकले सामान्य ओपिडी सेवा मात्रै प्रदान गर्ने अनुमति प्राप्त गरेको छ । यद्दपी संचालक डा. सुरेन्द्र कुमार यादवले लामो समयदेखि ‘अप्रेसन थिएटर’ नै खडा गरी शल्यकृया गर्दै आएका छन् । तर प्रशासन मौन छ ।

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार २१:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ