जनकपुरका डाक्टर साह नशालु ट्याब्लेट र डायलक्स डिसीसहित विराटनगरबाट पक्राउ


टुडेखोज/ जनकपुरधाम : जनकपुरका एक डाक्टर नशालु ट्याब्लेट र डायलक्स डिसी बोतलसहित विराटनगरबाट शुक्रवार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ११ का दन्त रोग विशेषज्ञ डा. सन्दीप कुमार साह छन् । सुनसरीको धरानमा बस्दै आएका उनी भारतबाट नशालु ट्याब्लेट र डायलक्स डिसी लिएर फर्किने क्रममा एकिकृत भन्सार जाँच चौकी विराटनगरबाट पक्राउ परेका हुन् ।

को ९ प ८५३७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका अवस्थामा लागुऔषधशहिद २३ वर्षीय डाक्टर साह पक्राउ परेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । उनका अनुसार मोटरसाइकलको लेगगार्डमा झुन्ड्याइएको प्लाष्टिकको झोलाबाट स्पास्मोप्रोक्सिभन २० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट र डाइलेक्स डीसी ९ बोतल बरामद भएको छ ।

डा. साहविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार ०७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ