प्रदेश २ : अवैध रुपमा ‘नदीजन्य पदार्थ’ ढुवानी गर्ने १४ टिपर पक्राउ


टुडेखोज/ रौतहट : अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गर्ने १४ वटा टिपर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

वाग्मती नदिमा नदीजन्य पदार्थ गिट्टी बालुवा संकलन गरी रहेको अवस्थामा १४ वटा टिपर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बसन्तपुरका प्रहरी नायब उपरीक्षक विकास भुजेलले बताए । वाग्मती नदिबाट उत्खनन गरिएको गिट्टी, बालुवा जिल्लाको विभिन्न भागमा ढुवानी भइरहेको अवस्थामा नियन्त्रणमा लिइएको उनको भनाई छ ।

नदी उत्खननको ठेक्का बन्द रहेको अवस्थामा अवैध तरिकाले निकालिएको नदीजन्य पदार्थहरु पनि सशस्त्रले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको टिपरलाई सशस्त्र प्रहरीले शुक्रवार जिल्ला समन्वय समिति रौतहटमा बुझाएको प्रहरी नायब उपरीक्षक भुजेलले जानकारी दिए ।

जिल्ला समन्वय समितिका लेखापाल देव कुमार यादवले व्यवसायिक प्रयोजनका लागि नदीजन्य पदार्थको उत्खनन गरी ओसारपसार गर्ने टिपरहरुलाई कानून बमोजिम कारवाही गरिने बताएका छन् ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार ०७:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ