सिरहा : धान खेतमा पानी हाल्ने विषयमा झडप, दर्जनौं घाईते


टुडेखोज/ लहान : सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर १ कचनारीमा धानमा पानी हाल्ने विषयमा विवाद हुँदा झडप भएको छ ।

झडपमा तीन प्रहरीसहित दर्जनौं स्थानीय व्यक्ति घाइते भएका छन् । शुक्रबार राति करीब ९ बजेतिर रामनाथ यादव र विजय यादवबीच खेतमा धान हाल्ने विषयलाई लिएर विवाद भएको थियो । विदाले उग्ररुप लिएपछि झडप भयो ।

अजय यादवको खेतमा रहेको बोरिङबाट कसले पहिला पानी हाल्ने भन्ने विषयमा भनाभन भएको थियो । तर स्थानीय केहिव्यक्तिले पुरानो रिसिबीका कारण झडप भएको बताएका छन् ।

घाइते दिनेशकुमार यादवलाई १० वटा टाका लागेको छ । श्यामकुमार भगतलाई ४ वटा टाका र मिथिलेश यादवलाई ३ वटा टाका लागेको छ ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार १०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ