धरौटी बुझाउन नसक्दा शहिदनगरका बिराजी दाजु–भाई थुनामै


टुडेखोज/ जनकपुरधाम : मोटरसाइकल चोरी काण्डमा पक्राउ परेका धनुषाको शहिदनगर नगरपालिका ८ का सुरेश विराजी र महेश विराजीले धरौटी रकम बुझाउन नसक्दा पुनः थुनामा परेका छन् ।

जिल्ला अदालत धनुषाले उनी दुबै जनासँग ४०/४० हजार रुपैया धरौटी माग गरेका थिए । तर धरौटी बुझाउन नसक्दा उनी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षमा राखिएको छ । उनी दुबै जना दाजु–भाई हुन् ।

मोटरसाइकल चोरी काण्डमा विराजी दाजु–भाइसँगै पक्राउ परेका गंगा दास र रोषण दासलाई नाबालक भन्दै साधारण तारिखमा छाडिएको छ ।

शहिदनगर नगरपालिकाकै जोगिन्द्र दासको घरबाट ज ३ प ५२६९ नम्बरको मोटरसाइकल चोरी गरेका थिए । मोटरसाइकलसहित उनीहरुलाई स्थानीयले पक्राउ गरी ईलाका प्रहरी कार्यालय यदुकोहामा बुझाएको थियो ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार ११:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ