सिरहाको मिर्चैयामा कटुवा पेस्तोलसहित ३ जनालाई प्रहरीले समात्यो


टुडेखोज/ जनकपुरधाम :

सिरहाको मिर्चैयाबाट प्रहरीले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ का २० वर्षीय अजय शर्मा, सोही नगरपालिका ५ का १९ वर्षीय ज्ञानु मण्डल र ३९ वर्षीय रमेश साह छन् ।

मिर्चैया नगरपालिका वडा नम्बर ५ बारबिघा नजिकै मोटरसाइकल चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु को. ३५ प. ४०१३ नम्बरको मोटरसाइकलमा सवार थिए ।

उनीहरुले पेस्तोल किन राखेको र कहाँबाट ल्याएको विषयमा केहि खुल्न सकेका छैन । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान तथा कारबाही अगाडी बढाएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जन्तलाल जैसवालले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार ११:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ