सिरहामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा २ जनाको ज्यान गयो


टुडेखोज/ लहान :

सिरहामा आज फेरी दुर्घटनामा २ जनाले ज्यान गुमाएका छन् । एक जना गम्भिर घाईते समेत भएका हुन् ।

सिरहा चोहर्वा सडकखण्ड अन्तर्गत नरहा गाउँपालिका ५ पानबारी नजिकै रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा २ जनाले ज्यान गुमाएका हुन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार दुर्घटनामा सिरहा नगरपालिका ५ का १९ वर्षीय अमलेश महतो र २१ वर्षीय सुनिल कुमार सदाको ज्यान गएको छ ।

प्रहरीका अनुसार बिग्रिएर रोकी राखेको ज १ त ४३२९ नम्बरको ट्याक्टरमा अन टेस्ट मोटरसाइकल ठक्कर दिएको छ । मोटरसाइकलमा तीन जना सवार रहेका थिए । जसमध्ये महतो र सदाको ज्यान गएको छ भने सिरहा नगरपालिका ५ का १९ वर्षिय मिथिलेश सदा गम्भीर घाइते भएको छन् ।

घाईते सदाको उपचारको लागि विराटनगर पठाइएको छ ।

यसअघि गत बुधवार राती सिरहा–चोहर्वा सडक खण्डको सिरहा नगरपालिका ११ भलुवाहीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यू भएको थियो ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार १२:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ