शनिबार १ हजार ४१ कोरोना संक्रमित थपिए, १ हजार ५६६ डिस्चार्ज


टुडेखोज/ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ९ जनामा कोरोना पुष्टि भएको छ । यीसहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार १६:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ