शनिवार प्रदेश २ का कुन जिल्लामा कति कोरोना संक्रमित थपिए (हेर्नुस् पुरा डिटेल)


टुडेखोज/ जनकपुरधाम : प्रदेश २ मा शनिवार ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १० हजार ९७७ पुगेको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ महिला र ५९ पुरुगा गरी कुल ८४ कोरोना संक्रमित थपिएका छन् । सबभन्दा बढी सप्तरीमा ३३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महोत्तरीमा २५ जना, धनुषामा ६ जना, बारामा १२ जना र पर्सामा ८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सिरहा, सर्लाही र रौतहटमा एक जना पनि संक्रमित फेला परेनन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ । पर्साको पकहा मैनपुर गाउँपालिका २ का ७५ वर्षीय पुरुष र बीरगन्जकै ७७ वर्षीय पुरुषको ज्यान गएको हो ।
शनिवार २४३ जना कोरोनालाई जितेर घर फर्केका छन् । जसमध्ये ३६ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

हेर्नुस् कुन जिल्लाका कहाँ कति जना संक्रमित थपिए :

प्रकाशित : २०७७ भाद्र २०, शनिबार १७:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ