प्रदेश २ मा कोरोनाले मृत्यू हुनेको संख्या १०० पुग्यो


सिबेन्द्र रोहिता/ जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरसले मृत्यू हुनेको संख्या १ सय पुगेको छ । पछिल्लो २४ घण्टामा पर्साका २ कोरोना संक्रमितको ज्यान गएसँगै यस प्रदेशमा मृतकको संख्या १ सय पुगेको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पर्साको पकहा मैनपुर गाउँपालिका २ का ७५ वर्षीय पुरुष र बीरगन्जकै ७७ वर्षीय पुरुषको ज्यान गएको छ । कोरोनाको हट स्पट बनेको पर्सामा हालसम्म सबभन्दा बढी ३८ जनाको ज्यान गइसकेको छ ।

यस्तै धनुषामा १२ जना, महोत्तरीमा १० जना, सिरहामा ८ जना, सप्तरीमा ८ जना, सर्लाहीमा ३ जना, रौतहटमा ५ जना र बारामा १५ जनाको ज्यान गएको छ । प्रदेश २ मा संक्रमित भई एक भारतीयको समेत ज्यान गएको छ ।

प्रदेश २ मा कोरोना संक्रमण झन फैलिदै गएको छ । लामो समयदेखि यस प्रदेशका ८ वटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यद्दपी निषेधाज्ञाको पालना नहुँदा संक्रमितको संख्या बढ्न थालेको विज्ञहरु बताउँछन् ।

भारतीय नाका सिल गरिएपनि आवतजावत नरोकिदा अगामी दिनमा कोरोनाले यस प्रदेशमा भयावह रुप लिने देखिन्छ ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार १८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ