उद्योगी विनोद चौधरी कोरोनालाई हराए


काठमाडौं : उद्योगी विनोद चाैधरी कोरोनालाई जितेका छन् । चाैधरीले शनिबार बेलुका ट्वीट गरेर आफू कोरोनामुक्त भएको जानकारी दिएका हुन् ।

‘तपाईंहरुको उत्कट माया र प्रेरणाले मलाई १० दिनको एकान्तवासमा ठूलो उर्जा दियो । त्यही उर्जाकै कारण म आज कोरोनाको संक्रमणबाट मुक्त भएको छु । मैले जीवनमा तपाईहरुजस्ता आफन्त, इष्टमित्र, साथीभाइ र शुभेच्छुक कमाएको रहेछु । यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महशुस गर्छु । यहाँहरुको यस्तै माया पाइरहुँ, धन्यवाद !’, उनले ट्वीटरमा भनेका छन् ।

भदौ १२ गते कोरोना भाइरसकाे संक्रमण पुष्टि भएपछि पनि उनले ट्वीट गरेरै जानकारी गराएका थिए । उनी चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली कांग्रेसका सांसदसमेत हुन् ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार २२:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ