गणेशमान चारनाथ नगरपालिकामा तनाव, प्रहरीसँग उपमेयरको घम्साघम्सी !


जनकपुरधाम, २४ भदौं । गणेशमान चारनाथ नगरपालिकामा उपमेयर मिना यादबको नेतृत्वमा स्थानीयले तालाबन्दी गर्न खोज्दा प्रहरीसँग घम्साघम्सी भएको छ ।

किसानका लागि बजेट नछुट्याएको भन्दै उपमेयर यादबले आज गाउँपालिकामा तालाबन्दी गर्न पुगेकी थिइन् । तर प्रहरीले तालाबन्दी गर्न नदिएपछि घम्साघम्सी भएको स्थानीयले जनाएको छ । प्रहरी र उपमेयरसँग तालाबन्दी गर्न पुगेका स्थानीयबीच केहिबेर तनाव सृजना भयो ।

उपमेयर यादबले मेयर रामबाबु यादब आफुखुसी योजना छनोट गरेर भोली नगरसभा गराउन लागेको आरोप लगाइन् । उनले योजना तर्जुमाको बैठक नै बस्न नदिएर कार्यपालिकाबाट निर्णय गरी नगरसभा गर्न लागेको बताइन् । उनले नगरसभा गर्न नदिने समेत चेतावनी दिएकी छन् ।

तालाबन्दी गर्न नदिएपछि उपमेयर यादबले कानूनी न्याय खोज्ने प्रतिक्रिया दिइन् । उनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएर भोली गोप्य तरिकाले गर्न लागेको नगरसभा रोक्न अनुरोध गर्ने बताइन् ।

प्रकाशित : २०७६ भाद्र २४, मंगलवार १०:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ