स्वास्थ्य मन्त्रीकै घरमा पस्यो कोरोना, आफै क्वारेन्टाइनमा पुगे


काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालकै घरमा पनि कोरोना पसिसकेको छ । उनका परिवारका एक सदस्यमा कोरोना पुष्टि भएको हो ।

परिवारकै एकजनामा कोरोना पुष्टि भएपछि मन्त्री ढकाल क्वारेन्टाइनमा बसेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले जानकारी दिए । उनका अनुसार आइतवार आएको रिपोर्टमा मन्त्री ढकालको परिवारका एक सदस्यमा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा पछिल्लो समय कोरोना समुदायस्तरमा फैलिएको छ । केहि दिनयता घर घरमा संक्रमित भेटिन थालेका छन् ।

प्रकाशित : २०७७ भाद्र २१, आईतवार १९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ