धनुषामा फेरी एक युवकको लाश भेट्यो


टुडेखोज/ जकपुरधाम : धनुषामा फेरी एक युवकको मृत अवस्थामा शव (लाश) फेला परेको छ । धनुषाधाम नगरपालिका ९ का ३५ वर्षीय दिनेश मण्डलको शव फेला परेको हो ।

घरदेखि करिब २ सय मिटर पश्चिम् खेतमा उनी मृत फेला परेको धनुषा प्रहरीले जनाएको छ । मृतकको शरिरमा कुनै किसिमको चोट पटक लागेको नदेखिएपछि चट्याङ लागेर मृत्यू भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । आज दिउँसो सोही नगरपालिका वडा नम्बर ७ का मोहिता मुसहरको चट्याङ लागेर मृत्यू भएको थियो ।

प्रकाशित : २०७७ भाद्र २१, आईतवार २१:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ