नारायणी अस्पतालमा एक युवकको ज्यान गयो, कोरोनाको आशंका


टुडेखोज/ वीरगञ्ज : वीरगन्जको नारायणी अस्पतालमा उपचाररत एक युवकको ज्यान गएको छ । बारा सपहीका २३ वर्षका युवकको आईतवार राति ८ बजे ज्यान गएको हो ।

मृतक युवकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका युवकको ज्यान गएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । उनका अनुसार ति युवक आइतवार दिउँसो १२ बजे अस्पतालमा भर्ना भएका थिए ।

मृतकको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको डाक्टर चौरसियाले बताए । उनका अनुसार रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रकाशित : २०७७ भाद्र २२, सोमबार ११:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ