जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध तीन वर्षपछि फुकुवा


टुडेखोज/ काठमाडौं : सरकारले जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध तीन वर्षपछि फुकुवा गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रीस्तरिय निर्णय गर्दै शुक्रबारदेखि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएकी हुन् । मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई पत्राचार गर्दै जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय खुलाउने निर्णय गरेको हो ।

३ वर्ष अगाडि तत्कालीन भूमि सुधार मन्त्री गोपाल दहितले जग्गाको कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । कृषियोग्य जमिनमा प्लटिङ बढेर जग्गा खण्डिकरण बढेको भन्दै कित्ताकाटमा लगाइएको प्रतिबन्ध ३ वर्षपछि हटाइएको हो ।

प्रतिबन्ध हटेसँगै प्लटिङ गर्नेहरूका लागि सहज हुने भएको छ भने घरपरिवारभित्रै पनि अंशबण्डाका लागि कित्ता काट गर्दा स्थानीय तहबाट लिनुपर्ने सिफारिससहितका अन्य प्रकियागत झन्झट हटेको छ ।

प्रकाशित : २०७७ भाद्र २२, सोमबार १४:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ