सोमवार प्रदेश २ मा कहाँ कति कोरोना संक्रमित थपिए (हेर्नुस् पुरा डिटेल)


टुडेखोज/ जनकपुरधाम : प्रदेश २ मा सोमवार १२१ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै प्रदेश २ मा संक्रमितको संख्या ११ हजार २६१ पुगेको छ । जसमध्ये १७ सय ८१ जना महिला रहेकी छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ मा पछिल्लो २४ घण्टामा २० महिला र १०१ पुरुष गरी कुल १२१ जना संक्रमित थपिएका छन् । सोमवार सिरहामा सबभन्दा बढी ५६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै धनुषामा ४२ जना, महोत्तरीमा २ जना, पर्सामा १ जना र सर्लाहीमा २० जना संक्रमित थपिएका छन् ।

कोरोनाका कारण प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५ जनाको ज्यान गएको छ । सर्लाहीका २ जना, सिरहाका २ जना र पर्साका १ जनाको ज्यान गएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९२ जना कोरोनामुक्त भएका छन् । जसमध्ये १७ जना महिला रहेकी छन् ।

हेर्नुस् पुरा डिटेल :

प्रकाशित : २०७७ भाद्र २२, सोमबार १८:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ