मौसम अपडेट : कतै भारी त कतै मध्यम वर्षाको सम्भावना


टुडेखोज/ काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेकाले देशभरको मौसम आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ मा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान विभागले जनाएको हो ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विभागले जानकारी दिएको छ ।

मंगलवार दिउँसो देशभर सामान्यतया बदली रहने र केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती देशभर सामान्यतया बदली रहने र थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : २०७७ भाद्र २३, मंगलवार ०८:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ