मन्दिर क्षेत्रमा वडा सदस्य मनोज साहले गराए लाइट जडान


टुडेखोज/ जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ८ का वडा सदस्य मनोज कुमार साहको पहलमा राजदेवी मन्दिर र राम मन्दिर क्षेत्रमा लाइट जडान भएको छ ।

वडा सदस्य साहले राजदेवी मन्दिरको उत्तरपट्टीको पार्कमा दुई थान एलइडी हेल्लोजन लाइट जडान गराएका हुन् । यस्तै राम मन्दिरको पुर्वपट्टी एक थान र दक्षिणपट्टीको गेटमा पनि १ थान एलइडी हेल्लोजन लाइट नै जडान गराएको छ ।

लाइट जडान गराएपछि श्री महावीर युवा कमिटि परिवारको तर्फबाट अध्यक्ष सन्तोष साहले वडा सदस्य मनोजलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित : २०७७ भाद्र २३, मंगलवार १२:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ