मंगलवार प्रदेश २ का कुन जिल्लामा कति कोरोना संक्रमित थपिए (हेर्नुस् विवरण)


टुडेखोज डेस्क/ जनकपुरधाम : प्रदेश २ मा मंगलवार ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ११ हजार ३७० पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ महिला र ८७ पुरुषमा कोरोना पुष्टि भएको छ । मंगलवार सबभन्दा बढी धनुषामा २७ जना संक्रमित थपिए । जसमध्ये ५ जना महिला छन् ।

यस्तै महोत्तरीमा ४ जना, सिरहामा १९ जना, बारामा ११ जना, पर्सामा १४ जना, सर्लाहीमा ३ जना, रौतहटमा ८ जना र सप्तरीमा २४ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये बढी सर्वसधारण छन् । यस्तै स्वास्थ्यकर्मी, सरकारी कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी र कैदीबन्दीमा समेत कोरोना पुष्टि भएको छ ।

मंगलवार पछिल्लो २४ घण्टामा ४७ जना कोरोनामुक्त भएका छन् । जसमध्ये १ जना महिला र ४६ जना पुरुष छन् । दैनिक जतिजनामा कोरोना पुष्टि हुन्छ, त्यो भन्दा कम व्यक्ति कोरोना जित्ने गरेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

हेर्नुस् पुरा डिटेल :

प्रकाशित : २०७७ भाद्र २३, मंगलवार १९:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ