‘प्रदेश नं २ को नाम मिथिला’


जनकपुरधाम,२४ भदौं । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश नं २ नाम मिथिला–भोजपुरा हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय जागरण अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रमको आज जनकपुरधाममा शुभारम्भ गर्दै उहाँले आगामी असोज ३ हुने संविधान दिवसलाई नेपाली काङ्ग्रेसले गौरवका रूपमा मनाउने र मधेशका मागका सन्दर्भमा संविधान संशोधनको पक्षमा वकालत गरिरहेको बताउनुभयो ।

अन्तरघात र गुटको मनोविज्ञान काङ्गे्रसको पराजयको कारण भएको बताउँदै उहाँले काङ्गे्रस–काङ्गे्रसबीच सम्पर्क, संवाद र सक्रियता, वैचारिक स्पष्टता, व्यक्तिभन्दा नीति र सिद्धान्तलाई प्राथमिकताको आवश्यकता औँल्याउनुभयो ।

प्रकाशित : २०७६ भाद्र २४, मंगलवार १७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ