बुधवार १ हजार ८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९ हजार नाघ्यो


टुडेखोज/ काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ हजार ८१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । उनका अनुसार हाल देशभर १५ हजार २५ जना सक्रिय संक्रमित छन् ।

होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ३७ रहेको छ । हाल देशभर ५ हजार ४८० क्वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घण्टामा ९१८ संक्रमणमुक्त भएका छन् । योसँगै ३३ हजार ८८२ जना निको भएको प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार यो कुल संक्रमितको ६८ दशमलव ८ प्रतिशत हो ।

प्रकाशित : २०७७ भाद्र २४, बुधबार १६:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ