असोज १ बाट सबै सार्वजनिक यातायात चलाउने व्यवसायीको घोषणा


टुडेखोज/ काठमाडौं : सरकारले कुनै विकल्प नदिएको भन्दै यातायात व्यवसायीले सबै सार्वजनिक यातायात चलाउने घोषणा गरेका छन् ।

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गरियो । सोही दिनदेखि सार्वजनिक यातायात चलेका छैन । गाडी चलाउन नपाउँदा छाक टार्न र बैंकको ऋण तिर्न मुस्किल भएको भन्दै व्यावसायीले सबै सार्वजनिक यातायात चलाउने घोषणा गरेका हुन् ।

सबै सार्वजनिक यातायात चलाउने विषयमा औपचारिक निर्णय नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत बिहीबार गरिने महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।
बुधबार यातायात व्यवस्था विभागमा भएको महासंघसहित यातायातसँग सम्बद्ध मजदुर संगठनको संयुक्त बैठकले सरकारलाई सार्वजनिक सवारी साधन सञ्चालन गर्न लागिएकोबारे जानकारी दिएको अधिकारीले बताए ।

अधिकारी भन्छन्, ‘६ महिनासम्म सार्वजनिक सवारीसाधन ग्यारेज र बसपार्कमा थन्किदा पनि सरकारले विकल्प दिएन । अब थेग्ने अवस्था रहेन । अब असोज १ देखि हाम्रा गाडी सडकमा निस्कन्छन् । यसबारे सरकारलाई लिखित जानकारी गराउँछौँ ।’

कोरोनाविरुद्ध सम्पूर्ण सुरक्षाका उपाय अपनाएर सार्वजनिक सवारीसाधन संचालन गर्ने भन्दा पनि सरकारले निर्णय नदिएकोमा व्यवसायीको आपत्ति छ । यस अतिरिक्त रूट परमिट, नविकरण शुल्क र बीमाबारेसमेत सरकारले निर्णय नदिदा व्यवसायी मर्कामा परेको अधिकारीको भनाई छ ।

प्रकाशित : २०७७ भाद्र २४, बुधबार १७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ