धनुषा : १४ वर्षीया बालिका बलात्कार गर्ने ५६ वर्षीय साह पक्राउ


टुडेखोज/ जनकपुरधाम : १४ वर्षीया बालिकालाई बलात्कार गर्ने ५६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोडाका बद्रिनाथ साह छन् ।

प्रहरीका अनुसार साहले भदौं २० मा बालिकालाई ललाई फकाई आफ्नो पसलमा रहेको कार्टुन छतमा पुर्याउन लगाए । पछि पसलमा बोलाई मुख थुनी जर्वजस्ती करणी गरी उनी फरार भएका थिए ।

धनुषा जिल्ला अदालत जनकपुरधामले भदौं २४ मा दिएको आदेशानुसार विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको सादा पोशाकको टोलीले साहलाई पक्राउ गरेको डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

उनका अनुसार साह महोत्तरीको मठिहानीमा लुकेर बसेको बेलामा पक्राउ परेका छन् । उनीमाथि थप अनुसन्धान कार्य भइरहेको छ ।

घटनालाई गाउँमै मिलाउन खोजेको भन्दै स्थानीयले मंगलवार महेन्द्रनगर प्रहरी कार्यालय घेराउ गरी प्रशासन विरुद्ध प्रदर्शन गरेका थिए । स्रोतका अनुसार वडाध्यक्षले नै २५ हजार रुपैया पीडित बालिकालाई दिन लगाएर घटना मिलाउन लागेका थिए ।

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार १२:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ