सिरहामा करेन्ट लागेर ५५ वर्षीय यादबको ज्यान गयो


टुडेखोज/ लहान : सिरहामा करेन्ट लागेर आज एक पुरुषको ज्यान गएको छ । बिष्णुपुर गाउँपालिका १ का ५५ वर्षीय गौरी यादबको करेन्ट लागेर ज्यान गएको हो ।

आफ्नै खेतमा मोटरबाट पानी तान्ने क्रममा विद्युत प्रवाह भई करेन्ट लागेपछि यादबको ज्यान गएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते यादबलाई आरके मिडिसिटी धनगढी लगिएको थियो । तर त्यही उनको ज्यान गएको बताइएको छ ।

मृतक यादब बिष्णुपुर गाउँपालिका १ बाट स्थानीय तह निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टीका वडाका प्रत्यासी उम्मेदवार थिए ।

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार १४:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ