रौतहट : कर्मचारीमा कोरोना पुष्टि भएपछि रावा बैंक बन्द


टुडेखोज/ रौतहट : कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि रौतहटको गरुडा बजारस्थित राष्ट्रिय वाणिज्य बैंक अनिश्चितकालका लागि बन्द भएको छ ।

बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ भने अधिकांश कर्मचारीमा लक्षण देखा परेको छ । अधिकांश कर्मचारीमा लक्षण देखिएपछि कोरोना परीक्षण गरिने बैंकले जनाएको छ।

बैंकका शाखा प्रबन्धक घनश्याम कटुवालले पहिलेदेखि नै कर्मचारीको ग्राहकसित प्रत्यक्ष भेटघाट नभई सीमित कर्मचारीमार्फत् सेवा प्रवाह गराइरहेकोले कर्मचारीबाट ग्राहकमा संक्रमणको भने सम्भावना नरहेको बताए ।

उनका अनुसार परीक्षणको नतिजा नआउन्जेलसम्म सबै कर्मचारी आइसोलेसनमा बस्नुपर्ने हुँदा बैंकबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको छ ।

कर्मचारी संक्रमित भएपछि बैंकको केन्द्रीय कार्यालयले शाखा सिल गर्न निर्देशन दिइसकेको छ । बैंकका प्रबन्धक कटुवालले गरुडा नगरपालिकालाई कोरोना परीक्षणको पहलका लागि जानकारी गराइएको छ ।

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार १५:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ