जनकपुरमा मृत्युपछि एक पुरुषमा कोरोना पुष्टि


टुडेखोज/ जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाको औरही गाउँपालिका १ पुरनदैयाका ६० वर्षीय रामपरिक्षण सहनीको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

उनको बुधबार अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । त्यसपछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको बताइएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि सहनी मंगलबार अस्पतालमा भर्ना भएका थिए ।

कोरोना पुष्टि भएपछि मृतक सहनीको शव नेपाली सेनाले जमुनी नदीको किनारमा व्यवस्थापन गरेका छन् । योसँगै धनुषामा कोरोनाले मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार १५:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ