कोरोना संक्रमणबाट थप ५ जनाको ज्यान गयो


टुडेखोज/ काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान जानेको संख्या ३१७ पुगेको छ ।

मंगलबार र बुधबार ६-६ जना कोरोना संक्रमितको ज्यान गएको थियो ।

पछिल्लो २४ घण्टामा एक हजार २४६ कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार १६:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ