जनकपुरमा मधेसी शहिदको सम्झना, नेताहरुद्वारा श्रद्धाञ्जली अर्पण (फोटो फिचर)


सिबेन्द्र रोहिता/ जनकपुरधाम : तेस्रो मधेस आन्दोलनका शहिदहरुको सम्झनामा बिहीबार साँझ जनकपुरको जनक चोकमा श्रद्धाञ्जली सभा गरिएको छ ।

२०७२ भदौं २५ गते (आजकै दिन) मधेसी दलले ‘चलु जनकपुर, भरु जनकपुर’ नारासहित जनकपुरको आन्दोलनमा सहभागीता लागि जनतासँग आह्वान गरेको थियो । उक्त आन्दोलनमा जनकपुरमा जनसागर नै उर्लियो । प्रशासनले थेग्न सकेन र दमन गरे ।

प्रहरी र आन्दोलनकारीबीच पटक पटक झडप भयो । सोही क्रममा सुरक्षाकर्मीले अन्धाधुन्द गोली चलाए । गोली लागेर निकु यादब, दिलिप यादब र संजय चौधरी शहिद भएका थिए । उनीहरुको सम्झनामा जनता समाजवादी पार्टीले श्रद्धाञ्जली सभा गरियो ।

श्रद्धाञ्जली सभामा प्रदेश साँसद प्रमेश्वर साह, रामअशिष यादब, मेयर लालकिशोर साह, नेताहरु पशुपति यादब, प्रमोद यादब, संजय सिंह, संजय चौधरी, दिपु कापर, मनोज चौधरी लगायतका नेता तथा कार्यकर्ताको सभागिता थियो । उनीहरुले शहिदको तस्विरमा माल्र्यापण गरे । साथै दिप समेत प्रज्वलन गरियो ।

यता, जनता समाजवादी पार्टीका संघीय साँसद उमाशंकर अरगरियाले मधेस आन्दोलनका शहिदहरुको योगदानलाई कहिल्यै भुल्न नसकिने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित उनले भनेका छन्, ‘शहिदले देखेको सपना एकदिन अवश्य पुरा हुनेछ । हामी शहिदको सपना पुरा गर्न अझै संघर्ष जारी राखेका छौं । मधेसको सारा मुद्दा संबोधन नभएसम्म संघर्ष गरिरहन्छौं ।’

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार १८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ