जितियाको दोस्रो दिन : जनकपुरको गंगासागरमा देखियो यस्तो भीड (फोटो फिचर)


सिबेन्द्र रोहिता/ जनकपुरधाम : मधेसी समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको बिहीवार मुख्य दिन । जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बसेकी छन् ।

आज बेलुकीपख जलासयमा गएर ब्रतालु महिलाहरुले पिनाले नुहाई पातमा पिना बगाइन् । साथै जितिया पर्वको कथा श्रवण समेत गरेकी छन् । जनकपुरको गंगासागर पोखरीमा ब्रतालु महिलाहरुको भिड नै लागेको थियो ।

शुक्रवार एकाविहानै ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा चढाएर खाने गर्छिन् । त्यसपछि भने ब्रत सकिन्छ । अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको ब्रत बस्ने गर्छन् ।

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार १९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ