अभिनेत्री रिया चक्रवर्तीका साथ मीडियाले ठूलो अन्याय गर्‍यो !


एजेन्सी : बलिउड अभिनेता सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा अभिनेत्री रिया चक्रवर्तीप्रति भारतीय मुख्य सञ्चारमाध्यमको रवैयाप्रति एम्नेस्टी इण्डियाले कडा आपत्ति जनाएको छ ।

मानवाधिकारका लागि काम गर्ने विश्व संस्था एम्नेस्टी इन्टरनेशनलको भारतका लागि कार्यकारी निर्देशक अविनाश कुमारले विज्ञप्ति निकालेर भनेका छन्, ‘न्यायका लागि निष्पक्ष सुनुवाई सबैभन्दा बढी जरुरी हुन्छ । यो अधिकार खोस्नु एक अभियुक्तका लागि पनि उत्ति नै ठूलो अन्याय हो, जति एक पीडितका लागि ।’

‘जुन तरिकाले केही व्यक्ति, खासगरी रिया चक्रवर्ती र उनको परिवारसँग मीडिया च्यानलहरुले अपमानित गरेको छ, त्यो सरासर गलत भएको छ’, एम्नेस्टीले विज्ञप्तीमार्फत प्रष्ट पारेको छ ।

मीडियाले पक्कै पनि न्याय संयन्त्रलाई जवाफदेही बनाउने भूमिका निर्वाह गर्नुपर्दछ तर उ आफै एक निष्पक्ष र प्रभावी कानूनी प्रक्रियाको विकल्प बन्न सक्दैन विज्ञप्तिमा भनिएको छ । रिया चक्रवर्तीका बारेमा कयौं महिला विरोधी टिप्पणी गरिएको भन्दै एम्नेष्टीले मीडियामा आर्टिकल लेखिए, अफवाह फैलाइयो जसका कारण उनीविरुद्ध अनलाइन हिंसा दुव्र्यवहार भएको जनाएको छ ।

एक पीडितलाई यस्तो गर्दा न्यायबाट टाढा लैजाने मात्र नभई अभियुक्तको निष्पक्ष सुनुवाईको मौका पनि गुम्छ भन्दै उसले यो उचित नभएको जनाएको छ । सुशान्त सिंह राजपूत मृत्यु प्रकरणको लागु पदार्थ लेनदेनसम्बन्धि विषयमा गिरफतार गरिएकी अभिनेत्री रिया चक्रवर्तीलाई २२ सेप्टेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाइएको छ ।

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार २१:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ