ईशनाथको नगरसभा : ३८ करोडको बजेट सार्वजनिक


अब्दुल समद/ रौतहट :

जिल्लाको ईशनाथ नगरपालिकामा चौथो नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको कार्यालय सभाकक्षमा आयोजित कार्यक्रमकाबीच नगर प्रमुख संतोष कुमार मेहताको अध्यक्षतामा नगरपालिकाको चौथो नगरसभा भव्याताका साथ सम्पन्न भएको हो ।

नगरसभाले चालु आर्थिक वर्ष २०७७/०७८ मा नगरको समग्र विकासका लागि ३८ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि ईशनाथ नगरपालिकाले आफना चौथो नगरसभाबाट ३८ करोड ५० हजार ५७० रुपैया बजेट पारित गरेको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम जि जोशीले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गरेका छन् ।

यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख संतोष कुमार मेहताले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र २६, शुक्रबार ०८:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ