धान खेत हेर्न गइरहेका मुखियामाथि छुरा प्रहार


टुडेखोज/ गौर : रौतहटमा अपरिचित व्यक्तिको छुरा प्रहारबाट एक पुरुष गम्भिर घाइते भएका छन् ।

राजपुर नगरपालिका २ फतुवा महेशपुरका ५४ बर्षीय सुरज मुखियामाथि छुरा प्रहार भएको हो । घरबाट बिहान करिब ६ बजे धान खेत हेर्न गइरहेका बेला अपरिचित व्यक्तिले छुरा प्रहार गर्दा मुखिया गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

मुखियाको दाहिने हात र पेटको दाहिने पट्टी छुरा प्रहार गरिएको छ । सदरमुकाम गौर अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागि बिरगंज लगिएको रौतहटका डिएसपी भरत श्रेष्ठले बताए ।

प्रकाशित : २०७७ भाद्र २६, शुक्रबार ०९:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ