सिरहा : खोलामा डुबेर १० वर्षीय बालकको ज्यान गयो


टुडेखोज/ लहान : सिरहाको अर्नामा गाउँपालिका वडा नम्बर ३ स्थित मैनाबत्ती खोलामा डुबेर एक बालकको ज्यान गएको छ ।

खोलामा नुहाउने क्रममा बिहीबार दिउँसो
डुबेर १० वर्षीय बालक चन्दन महतो डुब्न लाग्दा स्थानीयले उद्धार गरेको थियो । गाउँलेले देखेपछि तत्काल उद्धार गरी स्थानीय क्लिनिकमा लगेपनि उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै बिहीबार साँझ मिर्चैया नगरपालिका ९ कमलदहमा अन्दाजी २२ वर्षीया महिलाको शव भेटिएको थियो । मृतक महिला सिरहाको ब्रहमपुरी गाउँकी स्थायी बासिन्दा रहेको बताइएको छ ।

प्रकाशित : २०७७ भाद्र २६, शुक्रबार १०:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ