नेकपा अध्यक्षद्वयको प्रस्ताव पारित, महाधिवेशन चैतमा गर्ने निर्णय


टुडेखोज/ काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले १५ बुँदे प्रस्ताव पारित गरेको छ ।

नेकपाको सुझाव कार्यदलले दिएको सल्लाहअनुसार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले बैठकमा १५ बुंदे प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव पारित गर्दै पार्टी स्थायी कमिटीको बैठक सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

असार १० गते शुरू भएको यो बैठकले अनेक मोड र घुम्ती पार गरेर निष्कर्षमा एकता, समझदारी र सर्वसम्मति कायम गरेको छ । बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

यस्तै बैठकले एमसिसीलाई संसदबाट अनुमोदन गर्ने नेकपाको निर्णय पनि गरेको छ ।

प्रकाशित : २०७७ भाद्र २६, शुक्रबार १७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ