एउटै घरमा भेटियो श्रीमान, श्रीमती र छोराको शव, हत्याको आशंका


काठमाडौं : भक्तपुरमा एउटै घरमा तीन जनाको शव भेटिएको छ । श्रीमान, श्रीमती र छोराको शव भेटिएको प्रहरीले जनाएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ निकोसेराका सुदीप अधिकारी, उनकी श्रीमती सुशीला अधिकारी र छोरा सुशान्तको शव शुक्रबार साँझ फेला परेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

उनका अनुसार घरमा एउटा कुकुर पनि मरेको अवस्थामा भेटिएको छ । उनीहरुको शव गन्हाइसकेको पाइएको छ । आत्महत्या गरेको वा कसैले हत्या गरेको विषयमा केहि खुल्न सकेका छैन ।

घटनास्थलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखाको टोली र भक्तपुर प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । उनीहरुको हत्या गरेको अनुमान प्रहरीको छ ।

प्रकाशित : २०७७ भाद्र २६, शुक्रबार १९:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ