घरबेटीले कुटेरै डेरा लिएर बसेका चौधरीको ज्यान लियो


काठमाडौं : घरबेटीको कुटाइबाट काठमाडौंको कीर्तिपुरमा भाडामा बस्ने एक व्यक्तिको ज्यान गएको छ ।

कीर्तिपुर नगरपालिका ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षीय शम्भु चौधरीको ज्यान गएको हो । महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारले शुक्रबार विहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । कुटपिट गर्ने घरबेटी महर्जनलाई प्रहरीले पक्राउ गरी कारबाही अगाडी बढाएको छ ।

प्रकाशित : २०७७ भाद्र २६, शुक्रबार २०:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ