मौसम अपडेट : प्रदेश २ सहितका केहि ठाउँमा भारी वर्षाको सम्भावना !


टुडेखोज/ काठमाडौं : आज पनि मौसममा बदली भइ विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ देखि ५ सम्मका विभिन्न स्थानमा ठूलो वर्षा तथा बाढी पहिरोको सम्भावना देखिएको हो । मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।

महाशाखाले भनेको छ, ‘प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तर अर्थात् नेपालभन्दा केही दक्षिणमा रहनुका साथै भारतको पश्चिम बंगालनजिक न्यून चापीय क्षेत्र पनि बनेका कारण वर्षा हुने महाशाखाले जनाएको छ ।

यस्तो छ भदौ २७ गते, शनिबारको मौसम पूर्वानुमान

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/ चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित : २०७७ भाद्र २७, शनिबार ०८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ