सिरहामा खुकुलो निषेधाज्ञा : अब दिउँसो ३ बजेसम्म पसल खोल्न पाइने !


टुडेखोज/ लहान : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सिरहामा निषेधाज्ञाको समय बढाएपनि खुकुलो पारेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गरेर असोज १० गतेसम्मका लागि निषेधाज्ञा बढाएको जानकारी दिएको छ ।

निषेधाज्ञा भने खुकुलो पारेको छ । सिरहा जिल्लाभर अत्यावश्यक पसलहरु विहान ५ बजेदेखि अपरान्ह ३ बजेसम्म खोल्न पाइने निर्णय गरिएको छ । यस्तै होम डिलेभरी दिने सर्तमा होटल तथा रेष्टुरेन्टलाई साँझ ७ बजेसम्म खोल्न दिने बताइएको छ ।

निषेधाज्ञाको अवधिमा भने सार्वजनिक भेला गर्न, मेला लगाउन, भोज वा जमघट गर्न प्रतिबन्ध लगाएको छ । निषेधाज्ञाको अवज्ञा गरेमा कानुन बमोजिम कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र २७, शनिबार १६:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ