महोत्तरी : कोरोनाका कारण यसवर्ष ‘गेरुका मेला’ नलाग्ने


टुडेखोज/जनकपुरधाम : महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खुट्टा पिपराढीमा यसवर्ष ऐतिहासिक ‘गेरुका मेला’ नलाग्ने भएको छ ।

नगरपालिकाका मेयर शैलेन्द्र कुमार यादबले कोरोना भाइरस समुदायमा फैलिसकेका कारण यसवर्ष मेला नलाग्ने जानकारी दिएका हुन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएकोले मेला तथा भिडभाड गर्न नहुने भन्दै मेला नलाग्ने स्पष्ट पारेका हुन् ।

खुट्टा पिपराढीमा रहेको पवित्र गेरुका नदीमा हरेक तीन वर्षमा पर्ने मलमासमा विशाल मेला लाग्छ । यसवर्ष असोज १ गतेदेखि मलेमास पर्छ । मलेमासमा एक महिनासम्म लाग्ने यहाँको मेला भर्न नेपाल र भारतका लाखौं श्रद्धालु आउने गर्छन् ।

जनकपुरधामदेखि करिब १२ किलोमिटरको दुरीमा पर्छ गेरुका नदी । मेला अवधिमा उक्त नदीमा स्नान गर्नेको घुइचो लाग्छ । मलेमासका बेला गेरुका नदीमा स्नान गर्नाले मनोकामना पुरा हुनुका साथै विभिन्न रोगबाट समेत मुक्ति पाउने जनविश्वास छ ।

तर यसवर्ष मेला नलाग्ने भएपछि स्थानीय निरास बनेका छन् ।

प्रकाशित : २०७७ भाद्र २७, शनिबार १८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ