प्रदेश २ सहितका स्थानमा भारी बर्षाको सम्भावना, सतर्क रहन अपिल


काठमाडौं : मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश २ सहित ५ वटा प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ । केहि स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ । सिन्धुपाल्चोकको सिन्धुपाल्चोकको गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा भने ६ घण्टादेखि ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।

बलेफी जलवीरेमा जलसतह सतर्कता तहमा पुगेको र बढ्दो रहेको छ भने भोटेकोशी, ईन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले तटीय क्षेत्रमा १० बजे सम्म सतर्क रहन आग्रह गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । भारी वर्षाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

यस्तै आज कन्काई, कोशी, कमला, बागमती, पूर्वी राप्ती र केही स-साना नदी जलाधारमा बहाब केही बढ्ने र केहीमा आकस्मिक बहाब हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

प्रकाशित : २०७७ भाद्र २८, आईतवार ०९:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ