कोरोनाबाट थप ९ जनाको ज्यान गयो, मृतकको संख्या ३४५ पुग्‍यो


टुडेखोज/ काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको ज्यान गएको छ । शनिबार एकैदिन देशभर १४ जना कोरोना संक्रमितको ज्यान गएको थियो ।

गत साता देशभर ५३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र २८, आईतवार १६:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ